Logo

बागमती पेज

आश्विन २५, २०८२ शनिबार

होटेल अनुतराको सेवा प्रति विदेशी पाहुनाको प्रशंसा


काठमाडौं । राजधानीस्थित होटल अनुतरामा बसोबास गरिरहेका विदेशी पर्यटक श्री जोसेप लुइसले होटलको सेवा, खानापान र आतिथ्य सत्कारप्रति उच्च सन्तुष्टि व्यक्त गरेका छन्।

नेपाल भ्रमणका क्रममा केही दिन होटल अनुतरामा बिताएका उनले सम्पूर्ण कर्मचारी टोलीलाई आत्मीय स्वागत र उत्कृष्ट सेवाका लागि धन्यवाद ज्ञापन गरेका छन्।

उनका अनुसार, होटलले उपलब्ध गराएको स्वादिष्ट भोजन, समयमै प्रदान गरिएको सेवा र कर्मचारीहरूको मित्रवत व्यवहार अत्यन्त प्रशंसनीय छ। “मलाई यहाँको खानापान र सेवा निकै मन पर्यो। सबै स्टाफप्रति मेरो हार्दिक धन्यवाद,” श्री लुइसले भने।

होटल अनुतराका व्यवस्थापन टोलीले पाहुनाबाट प्राप्त सकारात्मक प्रतिक्रिया आफ्नो लागि प्रेरणादायी रहेको बताउँदै भविष्यमा अझ गुणस्तरीय र व्यवस्थित सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्।

पाहुनाको यस्ता सकारात्मक प्रतिक्रियाले होटल अनुतराको प्रतिष्ठा र विश्वसनीयता बढ्दै गएको व्यवस्थापन पक्षको भनाइ छ। होटलले आगामी दिनमा देशी–विदेशी पर्यटकलाई अझ आकर्षक र सन्तोषजनक आतिथ्य सेवा उपलब्ध गराउने तयारी गरेको जनाएको छ।