काठमाडौं । सामाजिक संस्था योगदान राष्ट्रको लागि अभियान को ५औँ वार्षिक साधारण सभा कात्तिक २९ गते, शनिबार ए–वान पार्टी प्यालेस, सरस्वतीनगर चाबहिलमा भव्यतापूर्वक सम्पन्न भयो। कार्यक्रम संस्थाका केन्द्रीय अध्यक्ष श्री ओमप्रसाद उप्रेतीको अध्यक्षता र संस्थाका स्वास्थ्य सल्लाहकार तथा ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष डा. सुवास घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष राहुल कौशलले स्वागत मन्तव्य राख्दै संस्थाको उद्देश्य र गतिविधिबारे जानकारी गराए।
यस अवसरमा वरिष्ठ कलाकार रमेश उप्रेती, पूर्व सुरक्षाकर्मी परिषद्का संरक्षक तथा राष्ट्रिय सेवा दलका पूर्व कार्यकारी महानिर्देशक उपरथी सुरेशकुमार कार्की, वरिष्ठ पत्रकार विरेन्द्र जैरु, प्रमुख सल्लाहकार श्याम कँडेललगायत अनेक प्रतिष्ठित व्यक्तित्वहरूले शुभकामना तथा मन्तव्य व्यक्त गरे।
कार्यक्रममा प्राथमिक उपचार क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने दुई व्यक्तिलाई CFN हिरो सम्मान प्रदान गरिएको थियो।
- पुरुषतर्फ धादिङका आजीवन सदस्य राजकुमार बिसुराल सम्मानित भए।
- महिलातर्फ काठमाडौं महानगर समितिकी कोषाध्यक्ष बिजना त्रिताल सम्मानित भइन्।
यसैगरी,
- उत्कृष्ट पालिका समिति—काठमाडौँ महानगर समिति
- उत्कृष्ट पालिका अध्यक्ष—इटहरी उपमहानगरका अध्यक्ष डा. खगेन्द्र ओली
- उत्कृष्ट अन्तर्राष्ट्रिय समिति—यूएई समिति
- महिला उद्यमी सम्मान—आजीवन सदस्य रेखा शर्मा चौधरी
लगायत विभिन्न व्यक्तित्व तथा पालिका समितिहरूलाई पनि सम्मान प्रदान गरियो।
कार्यक्रममा वरिष्ठ कलाकार निर्मल शर्मा, समाजसेवी तथा आजीवन सदस्यहरू, पत्रकार, विभिन्न पालिका तथा केन्द्रीय पदाधिकारी, आजीवन सदस्य र साधारण सदस्यहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रम भव्य बनेको थियो।
केन्द्रिय अध्यक्ष ओम उप्रेतीले सामाजिक सहयोग, सेवा र मानवताका लागि एकजुट भएर अघि बढ्नु नै हाम्रो संस्थाको मूल ध्येय रहेको बताए । उनले पाँच वर्षको यात्रामा साथ, सहयोग र विश्वास दिएको सबैप्रति हार्दिक आभार व्यक्त गरेका थिए । उनले आगामी दिनमा पनि योगदान राष्ट्रको लागि अझ प्रभावकारी र परिणाममुखी कार्यक्रममार्फत समाज सेवामा समर्पित रहिरहने धारणा व्यक्त गरे।
















प्रतिक्रिया दिनुहोस्