Logo

मेघनाथ पहाडी

१३ माघ २०८२, मंगलबार

बौद्धिक र अनुभवी उम्मेदवार डा. राजन भट्टराई चुनावी मैदानमा


काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सचिव तथा उपत्यका प्रदेश इञ्चार्ज डा. राजन भट्टराई काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्। बाल्यकालदेखि नै दुःख, अभाव र संघर्षको जीवन भोग्दै आएका भट्टराई आज बौद्धिक, अनुभवी र अन्तर्राष्ट्रिय स्तरमा परिचित राजनीतिक व्यक्तित्वका रूपमा स्थापित छन्।

सिन्धुपाल्चोकको मध्यमवर्गीय कृषक परिवारमा जन्मिएका उनले तीन वर्षकै उमेरमा आमालाई गुमाएर संघर्षपूर्ण जीवन सुरु गरे। अध्ययनकै क्रममा विद्यार्थी राजनीतिबाट सक्रिय बनेका भट्टराई अनेरास्ववियु हुँदै एमालेको केन्द्रीय नेतृत्वसम्म आइपुगेका नेता हुन्।

विद्यार्थी आन्दोलन, जनआन्दोलन, जेल जीवन र भूमिगत संघर्ष हुँदै आएका उनले संविधान निर्माण, शान्ति प्रक्रिया, परराष्ट्र नीति र अन्तर्राष्ट्रिय कूटनीतिमा महत्वपूर्ण भूमिका खेलेका छन्। बेलायत र भारतबाट उच्च शिक्षा हासिल गरेका भट्टराई अन्तर्राष्ट्रिय सम्बन्धका जानकार नेता मानिन्छन्।

संविधानसभा सदस्य, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार तथा एमाले विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालिसकेका उनले काठमाडौं–४ क्षेत्रमा पूर्वाधार, शिक्षा, कूटनीतिक पहुँच र नीतिगत पहलमार्फत विकासमा ठोस योगदान दिएका छन्।

स्थानीयस्तरमा निरन्तर सम्पर्क, विकासप्रति प्रतिबद्धता र स्वच्छ छविका कारण यसपटक काठमाडौं–४ का मतदाताले भट्टराईलाई निर्वाचित गराउने विश्वास बढ्दै गएको स्थानीयहरूको भनाइ छ।