काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह मधेस प्रदेशको जनकपुरधाम पुगेका छन् । आइतबार पारिवारिक सदस्यसहित जनकपुरधाम आएका पूर्वराजा दम्पती आज दिउँसो ३ बजे जानकी मन्दिर दर्शनका लागि पुगेका थिए । मन्दिर परिसरमा समर्थकहरूको उल्लेखनीय भिड देखिएको थियो ।
समर्थकहरूले ‘हाम्रो राजा, हाम्रो देश, प्राणभन्दा प्यारो छ राजा आऊ, देश बचाऊ’ लगायतका नारा लगाएका थिए । जानकी मन्दिरमा दर्शनपछि सञ्चारकर्मीहरूको जिज्ञासामा पूर्वराजा शाहले आफू धार्मिक यात्रामा रहेको र बोल्नुपर्ने केही नरहेको प्रतिक्रिया दिए ।
जानकी मन्दिरबाट पैदल करिब २०० मिटर दूरीमा रहेका राम मन्दिर तथा राजदेवी मन्दिरमा समेत पूर्वराजाले दर्शन गरेका थिए । उनको आगमनलाई स्वागत गर्न समर्थकहरू बिहानैदेखि तयारीमा जुटेका थिए ।
















प्रतिक्रिया दिनुहोस्