काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) बारा क्षेत्र नं. ३ मा व्यापक र जनमुखी चुनावी अभियान तीव्र बनाएको छ। कलैया उपमहानगरपालिका–१६ अन्तर्गत पकडिया, मझौलिया, रामटोल, मुस्लिमटोल, कुशवाहा टोल र घाट श्रीपुर लगायतका टोलहरूमा घरदैलो अभियान, मतदाता भेटघाट तथा छलफल कार्यक्रम सञ्चालन गरिएको छ।
भित्री सडकदेखि मुख्य सडकसम्म पुगेको अभियानमा एमालेका अगुवा नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्दै पार्टीले आफ्ना एजेन्डा र भावी योजनाबारे जानकारी गराएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले) की केन्द्रीय सदस्य तथा बारा–३ की उम्मेदवार ज्वालाकुमारी शाहले विकास, सुशासन र राष्ट्रिय एकताको लागि एमालेको विजय अपरिहार्य रहेको बताइन्। उनले बारा–३ लाई समृद्ध, आत्मनिर्भर र रोजगारीमुखी क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गर्दै जनताको भरोसामै आफ्नो शक्ति रहेको उल्लेख गरिन्।
नेत्री सिता सुवेदीले महिला सशक्तिकरण, शिक्षा र सामाजिक रूपान्तरणमा एमालेको योगदान अतुलनीय रहेको बताइन्। अघ्यानन्द पाण्डेले इमानदार नेतृत्व र स्पष्ट दृष्टिकोण बिना देश परिवर्तन असम्भव रहेको धारणा राखे। रबिन्द्र दास श्रेष्ठले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान एमालेकै नेतृत्वमा मात्र सार्थक हुने बताए।
अभियानमा विनोद कुमार साह, एम. समिउल्लाह, अशोक तिवारी, अमृत शर्मा, शर्मा बैठा, बृजकिशोर बैठा, दिपेन्द्र प्रसाद शाह, म्भु गिरी, पुरुषोत्तम साह, अनिल कुशवाहा, भवानी देवी दुलाल, मदन साह र भिखारी विद्रोही लगायतका नेताहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी सबैले ज्वालाकुमारी शाहको जित नै बारा–३ को दिगो विकास, सुशासन र स्थायित्वको आधारशिला हुने भन्दै एकजुट भएर निर्वाचनमा होमिने प्रतिबद्धता जनाएका छन्।
















प्रतिक्रिया दिनुहोस्