काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन मूल्याङ्कनमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका लगातार दोस्रो पटक जिल्लामै पहिलो भएको छ।
कुल १७ सूचकका आधारमा गरिएको मूल्याङ्कनमा ७२.५५ अङ्कका साथ हलेसी तुवाचुङले बाजी मारेको हो। अघिल्लो वर्ष पनि यो नगरपालिका जिल्लाको १० स्थानीय तहमध्ये उत्कृष्ट ठहरिएको थियो।
प्रमुख तीन स्थानीय तह र प्राप्त अङ्क:
| स्थानीय तह | प्राप्त अङ्क | स्थान |
| हलेसी तुवाचुङ नगरपालिका | ७२.५५ | प्रथम |
| दिक्तेल रुपाकोट मझुवागढी नपा | ७१.९४ | दोस्रो |
| खोटेहाङ गाउँपालिका | ६६.४१ | तेस्रो |
जिल्लाका अन्य पालिकाहरूमा बराहपोखरी (६५.८४), जन्तेढुंगा (६४.८४), दिप्रुङ चुइचुम्मा (६३.१४), केपिलासगढी (५८.७७), ऐसेलुखर्क (५४.४०) र रावा बेसी (५३.१७) अङ्क प्राप्त गरेका छन्। ४८.९४ अङ्कका साथ साकेला गाउँपालिका जिल्लाको अन्तिम स्थानमा रहेको छ।
आयोगले समयमै बजेट सार्वजनिक र पारित गरेको, राजस्व परिचालन, बजेट समीक्षा, बेरुजु, विद्यार्थी भर्ना दर, स्वास्थ्य सूचक तथा सामाजिक सुरक्षा लगायतका १७ वटा मापदण्डलाई मुख्य आधार मानेको छ।












प्रतिक्रिया दिनुहोस्