काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं. ३ मा नेकपा एमालेका उम्मेदवार रामेश्वर फुयालको चुनावी घरदैलो अभियानले अहिले निकै दमदार मोड लिएको छ।
टोल-टोल र बस्ती-बस्तीमा पुग्दा फुयाललाई स्थानीय बासिन्दाले भव्य स्वागत मात्र गरेका छैनन्, उहाँले बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री हुँदा गरेका कामहरूको खुलेर प्रशंसा समेत गरिरहेका छन्।
विशेष गरी सडक विस्तार, खानेपानी आयोजना र दीर्घकालीन पूर्वाधार निर्माणमा फुयालले देखाएको कार्यदक्षताले गर्दा यसपटक मतदाताहरू “बोल्नेलाई भन्दा काम गर्नेलाई” रोज्ने मुडमा देखिएका छन्।
बौद्ध, जोरपाटी र गोकर्णेश्वर क्षेत्रका गल्लीहरूमा देखिएको उत्साहजनक जनलहरले फुयालको पक्षमा बलियो माहोल सिर्जना गरेको छ।
नयाँ शक्तिहरूको उदय र त्रिकोणात्मक प्रतिस्पर्धाको चर्चा भए तापनि फुयालको व्यक्तिगत छवि र एमालेको दह्रो सांगठनिक आधारका कारण उनी जितको निकै नजिक पुगेको स्थानीयको ठम्याइ छ।
विपक्षी दलहरूको मत बाँडिने र एमालेको संगठित मत सुरक्षित रहने वर्तमान गणितले पनि फुयाललाई उच्च मनोबलका साथ अगाडि बढाएको छ।
विकासका एजेन्डा र विगतको सफल कार्यकाल नै यसपटक काठमाडौँ-३ मा फुयालको जितको मुख्य आधार बन्ने देखिन्छ।












प्रतिक्रिया दिनुहोस्