Logo

मेघनाथ पहाडी

२३ फाल्गुन २०८२, शनिबार

सर्लाही १ मा नितिमा कार्की भारी मतका साथ अग्रस्थानमा


Nitima Karki bagmatipage.com

काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नम्बर १ को पछिल्लो मतगणना अनुसार नितिमा कार्कीले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि पार्दै सानदार अग्रता कायम गरेकी छन्।

सुरुवाती चरणदेखि नै अग्रता लिएकी कार्कीले २७,३१२ मत प्राप्त गर्दै आफ्नो जित सुनिश्चित गरेकी हुन्।

उनका निकटतम प्रतिद्वन्द्वीहरू शम्भु लाल श्रेष्ठ ३,९५१ र मनोज देवकोटा ३,९३२ मतमा खुम्चिएका छन्। कार्की र अन्य उम्मेदवारबीचको यो विशाल मतान्तरले उनको विजय अब औपचारिक घोषणा हुन मात्र बाँकी रहेको संकेत गरेको छ।

सर्लाही १ का मतदाताले कार्कीको पक्षमा स्पष्ट जनमत दिएपछि अहिले उनको क्षेत्रमा उत्साह छाएको छ।