Logo

बागमती पेज

२५ फाल्गुन २०८२, सोमबार

चुनाव हारेपछी पार्टी सभापति गगन थापाले पदबाट राजीनामा दिने तयारी


Gagan Thapa President bagmatipgae.com

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिने मनस्थिति बनाएका छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले सोचेजस्तो परिणाम ल्याउन नसकेपछि त्यसको नैतिक जिम्मेवारी लिँदै उनले पद त्याग गर्न चाहेका हुन्।

सोमबार साँझ नयाँ बानेश्वरमा उपसभापति विश्वप्रकाश शर्मासँग भएको भेटमा थापाले राजीनामा दिने बताएका हुन्। थापाले भने, पार्टीको पराजयको जिम्मेवारी लिएर मैले पद त्याग गर्नु उचित हुन्छ, त्यसैले म राजीनामा दिन्छु।

तर, उपसभापति शर्माले भने अहिलेको परिस्थितिमा राजीनामा नदिन सुझाव दिएका छन्। नयाँ कार्यसमिति बनेको छोटो समयमै निर्वाचनमा होमिनु परेकाले हारको दोष व्यक्तिको मात्र नहुने शर्माको तर्क छ।

सर्लाही ४ बाट चुनावी प्रतिस्पर्धामा रहेका थापा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहसँग पराजित भएका थिए।