काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री एवम् काठमाडौं क्षेत्र नम्बर ४ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गगन थापाले जनताको विश्वासलाई कहीँ कतै ठेस् लाग्न नदिने विश्वास व्यक्त गरेका छन् । जित पश्चात सञ्चारकर्मीसँग कुरा गर्दे थापाले जनताले विश्वासका साथ दिएको मतलाई आत्मासाथ गर्दै अगाडी बढ्ने धारणा व्यक्त गरेका हुन् ।
“आगामी दिनमा देशलाई कर्मठ युवाहरूको खाँचो छ । हामी जस्ता युवाहरू मिलेर संविधानमा लेखिएका वाचाहरू पुरा गर्नुपर्छ । जसरी हामीले गठबन्धनको सम्बन्धलाई दिगो बनाएका छौँ त्यसरी नै देश विकासलाई दिगो र जनतामाझको सम्बन्धलाई पनि दिगो बनाउनुपर्छ ।” थापाले भने ।
अहिले जनताले स्थायित्व मात्रै नभई नेपाललाई हाँक्ने नयाँ चालक पनि खोजेको बताए । ‘त्यो चालक काङ्ग्रेसभित्रै छन् । उनले थपे ।
निर्वाचित थापाले राजनीतिक स्वार्थको लागि लडाई गर्ने होइन जनताको लागि सबै दल एक भएर लाग्नुपर्ने समेत बताएका छन् । उनले जनताले मत मात्र नभएर मतमार्फत मनका कुरा व्यक्त गरेको बताउँदै सबै दलले जनताको भावलाई बुझेर आजैबाट जनतामाझ गरेका वाचा पुरा गर्न तर्फ लाग्नुपर्ने बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस्