काठमाडौँ । दोलखाको प्रदेशसभा क्षेत्र नम्बर २ मा एमालेका भरत केसी विजयी भएका छन् ।
कांग्रेसका बर्मा लामालाई पराजित गर्दे केसी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । केसीले १९ हजार ४ सय १४ मत पाएका छन् भने कांग्रेसका बर्मा लामाले १७ हजार ५ सय ९५ मत पाएका छन् ।
काँग्रेसका लामाले एक हजार ८ सय १९ को मतान्तरले हार व्यहोरेका छन । २०७४ सालमा भीमेश्वर नगरपालिकाको मेयरमा निर्वाचित भएर एक कार्यकाल विताएका केसीलाई प्रदेशको यात्राका लागि एमालेले यो पटक प्रदेशसभा २ मा उम्मेदवार बनाएको थियो ।
लामा यसअघि अघिल्लो स्थानीय तह निर्वाचनमा मेलुङ गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका थिए भने अघिल्लो प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा पनि उनी प्रदेशसभा १ वाट उम्मेदवार बनेका थिए । तर, उनी दुवै निर्वाचनमा सफल हुन सकेनन् । तेश्रो पटकको निर्वाचनमा पनि लामा पराजित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्