Logo

बागमती पेज

आश्विन १, २०८१ मंगलबार

प्रथम फेरिल्याण्ड इन्टर स्कुल मैत्रीपूर्ण तेक्वान्दो प्रतियोगिता -२०८१ सम्पन्न


काठमाडौं । फेरिल्याण्ड ईन्टरनेशनल स्कुलद्वारा आयोजित तथा बुढानिलकण्ठ नगरपालिका वडा न १० को संयोजकत्वमा ‘प्रथम फेरिल्याण्ड इन्टर स्कुल मैत्रीपूर्ण तेक्वान्दो प्रतियोगिता २०८१’ सम्पन्न भएको छ ।

प्रतियोगितामा १० बिधालयका २५० भन्दा बढि १४ बर्ष मुनिका खेलाडिहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतियोगितामा प्रथम टिम फेरिल्याण्ड स्कुल, दोस्रो नमो वुध्ध क्लब र तेस्रो हेप्पि किड्स भएको थियो । त्यस्तै प्रतियोगितामा उत्कृष्ट भएका खेलाडिहरु रिहान केसि (द भेलो सिटि स्कुल) पुम्से बिधातर्फ ,कृपा खपाङी (फेरिल्याण्ड स्कुल) पुम्से बिधातर्फ ,दिप्सन राई (नेपाल टाइगर ) ग्यारोगि तर्फ, काशिका मान्धर (फेरिल्याण्ड स्कुल ) लाई टर्फि समेत प्रदान गरिएको थियो ।

बाल दिवसको अवसरमा आयोजना गरिएको यस प्रतियोगिता मा फेरिल्याण्ड स्कुल ले आफ्ना ५ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडिहरु कृतिका कटुवाल ,युनिका खतिवडा ,अपेक्षा ढुङगाना ,कृपा खपाङी र सुबास भुजेललाई सम्मानित गरेको थियो ।

अन्त्यमा प्रतियोगितामा सरल, सहज र भव्यताका साथ सम्पन्न सहयोग सहित हौसला प्रदान गर्नु हुने प्रधानध्यापक विष्णु चन्द्र अधिकारी, निर्देशक विनोद अधिकारी,राम गौतम, भोलेन्टियर खेलाडिहरु, रेफ्री लगायत प्रत्यक्ष /अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सबैमा हार्दिक आभार व्यक्त गर्दै कार्यक्रम सञ्चालक दिपक दुलालले कार्यक्रमको समापन गरेका थिए ।