काठमाडौँ । चौथो श्रीमतीलाई घर जिम्मा लगाएर निर्माता छवि ओझा डेरामा सरेका छन् । प्रेमी प्रेमिका हुँदै श्रीमान् श्रीमती भएका छवि ओझा र उनकी चौथो श्रीमती शिल्पा पोखरलेको मुद्दाले किनारा पाएको हो ।
काठमाडौंको गौरिघाटस्थित घर शिल्पालाई दिएर छविले शिल्पासँगको सम्बन्ध अन्त्य गरेका हुन् । करिब पाँच आना क्षेत्रफलमा बनेको साढे दुईतले घर छाडेर छवि भने डेरामा सरेका छन् ।
उनिहरु प्रेमी प्रेमिका हुँदै श्रीमान् श्रीमती बनेका थिए । उनिहरुको विवाह गोप्य रुपमा भएको थियो । उमेरमा छविभन्दा शिल्पा ३० वर्ष कान्छी छिन् ।
शिल्पा छविकी चौथो श्रीमती हुन् । २०७६ साल असारमा शिल्पाले आफू श्रीमानबाटै असुरक्षित भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । विभिन्न मिडियामा रुँदै अन्तर्वार्ता दिएर उनले छविबाट घरेलु हिंसामा परेको दाबीसमेत गरेकी थिइन् ।
धेरै पटक विवाह बन्धनमा बाँधिएका तर विवाह नफापेका छविलाई चौथो पटकको सम्वन्ध विच्छेदले फेरी अर्को विवाह गर्न बाटो खुलाएको छ ।
प्रतिक्रिया दिनुहोस्