Logo

बागमती पेज

माघ १८, २०८१ शुक्रबार

पुर्व शिक्षामन्त्री श्रेष्ठको माग: आशिका तामाङलाई तत्काल रिहा गरियोस्


काठमाडौँ । पुर्व शिक्षामन्त्री सुमना श्रेष्ठले सामाजिक अभियान्ता आशिका तामाङलाई लामो समय हिरासदमा राखेकोप्रति अपत्ती जनाएकी छन् । प्रहरी वृत्त जगातीमा हिरासदमा रहेकी तामाङलाई भेट्न पुगेकी श्रेष्ठले सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै उनको रिहाइको माग समेत गरेकी हुन् ।
उनले भनेकी छन् आशिकाजीलाई रिहा गरियोस्। राज्यले आफ्नो प्राथमिकता तय गरोस् र विवेक प्रयोग गरोस्। आशिकाजीलाई न्याय मिलोस्।’
उनले आशिकाको तरिका अराजक भएपनि त्यसमा आम मानिसको आक्रोश प्रतिबिम्वित भएको उल्लेख गरेकी छन् ।

उनले आशिकाले गरेको भन्दा गम्भीर घटना घट्दा कारबाहि नहुने, शिक्षालयमा तालबन्दी तोडफोड गर्ने दल संरक्षितहरूलाई केही नगर्ने, प्राध्यापक कुट्नेलाई विदेश जान दिने, दिनमा फरार रातमा प्रहरीकै कार्यक्रममा सरिक भएको देख्दापनि कारबाही नगरेकोप्रति पनि आक्रोश व्यक्त गरेकी छन् ।

श्रेष्ठले लेखेकी छन्, गृहमन्त्रीज्यू यसमा तपाईँको मौन समर्थन प्रष्ट छ, नत्र प्रहरीले यत्रो ज्यादति गर्ने थिएन । यसरी प्रहरीको गिरफ्तारी गर्नु अघि के उहाँलाई उपमेयरको समक्ष न्यायिक समितिमा लगियो के उहाँलाई मौखिक चेतावनी दिईयो

उनले गल्ती अनुसारको सजाय हुनुपर्ने माग गर्दै भनेकी छन्, आशिकाजीलाई रिहा गरियोस्। राज्यले आफ्नो प्राथमिकता तय गरोस् र विवेक प्रयोग गरोस्। आशिकाजीलाई न्याय मिलोस्।