काठमाडौं — गोरेटो एजुकेशनल कन्सल्टेन्सीद्वारा आयोजित अस्ट्रेलिया एजुकेशन फेयर को पहिलो दिनमै उच्च सहभागिता र उत्साह देखिएको छ। फेयरमा आएका विद्यार्थीहरूले अस्ट्रेलियाका विश्वविद्यालय प्रतिनिधि र अध्ययन सल्लाहकारसँग प्रत्यक्ष कुराकानी गर्दै भविष्यका अध्ययन योजनाबारे स्पष्ट जानकारी पाए।
फेयरमा सहभागी विद्यार्थीहरूलाई सिनेमा टिकट र निःशुल्क IELTS/PTE तयारीका भौचरजस्ता आकर्षक उपहारहरू प्रदान गरिएको आयोजकले जनाएका छन्।
अगस्ट १६ सम्म चल्ने यस कार्यक्रमका बाँकी दिनहरूमा पनि विद्यार्थीहरूले अध्ययनसम्बन्धी मार्गदर्शन र उपहार जित्ने अवसर पाउनेछन्। आयोजकले अस्ट्रेलिया अध्ययनका इच्छुक सबैलाई यो अवसर नछुटाउन आग्रह गरेका छन्।
फेयरमा सहभागी हुनका लागि यहाँ रजिस्ट्रेशन गर्न सकिन्छ:
https://forms.gle/2TeSWkbC8Ya42VTT6
प्रतिक्रिया दिनुहोस्