काठमाडौंमा ‘आर्ट अफ लिभिङ’ को स्वयंसेवक प्रशिक्षण कार्यक्रमको घोषणा: वरिष्ठ प्रशिक्षक रितिका लोहिया
काठमाडौं। आत्मिक शान्ति र समाज सेवामा सक्रिय ‘आर्ट अफ लिभिङ फाउन्डेशन’ ले नेतृत्व विकास र सेवाभावलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ विशेष स्वयंसेवक प्रशिक्षण कार्यक्रम (Volunteer Training Program – VTP) को आयोजना गर्ने भएको छ।
फाउन्डेशनकी वरिष्ठ प्रशिक्षक रितिका लोहियाको प्रमुख प्रशिक्षणमा सञ्चालन हुने यो चार दिने गहन कार्यक्रमले सहभागीहरूलाई व्यक्तिगत तथा सामाजिक जिम्मेवारी वहन गर्न थप सक्षम बनाउने अपेक्षा गरिएको छ।
वरिष्ठ प्रशिक्षक रितिका लोहियाले कार्यक्रमको महत्त्वबारे बताउँदै भन्नुभयो:
“आजको द्रुत गतिमा परिवर्तन भइरहेको विश्वमा हरेक व्यक्तिलाई शारीरिक र मानसिक रूपमा बलियो नेतृत्व क्षमता आवश्यक छ। यो VTP प्रशिक्षण केवल सेवाभाव सिकाउने मात्र होइन, बरु यसले व्यक्तिभित्रको लुकेको पूर्ण क्षमता र ऊर्जालाई बाहिर ल्याई उनीहरूलाई समाजमा सकारात्मक परिवर्तनका संवाहक बन्न प्रेरित गर्छ। हामी विश्वास गर्छौं कि प्रशिक्षित स्वयंसेवकहरूले मात्र तनावमुक्त र हिंसा रहित समाज निर्माणमा ठूलो योगदान दिन सक्छन्।”
चार दिनसम्म चल्ने यो गहन प्रशिक्षण कार्यक्रम यही डिसेम्बर २४ देखि २७ गतेसम्म (पुस ९ देखि १२ गतेसम्म) नयाँ बानेश्वरस्थित अनन्दा भूमि इभेन्ट्समा सञ्चालन हुनेछ।
















प्रतिक्रिया दिनुहोस्