नेपाली कांग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेस गरेका प्रणयशमशेर राणाले रास्वपामा उम्मेदवार छनोटमा आर्थिक घोटाला भएको बताएका छन् । पूर्व खेलकुदमन्त्री विराजभक्त श्रेष्ठका विज्ञ सल्लाहकार समेत रहेका राणाले रास्वपामा यस पटक चुनावमा आर्थिक घोटाला भएकाले आफु पार्टीबाट बाहिरिएको बताएका हुन् ।
राणाले रास्वपाको केन्द्रीय एनआरएन विभागको उपप्रमुखको भूमिका निर्वाह गरेका थिए। एनआरएन विभागलाई प्रवास विभागमा मर्ज गरियो । पछिल्लो समय उनी रास्वपाको गुनासो व्यवस्थापन विभागमा कार्यरत थिए ।
पार्टी सञ्चालन प्रक्रियाप्रति तीव्र असन्तुष्टि जनाउँदै राणाले हाल पार्टीबाट बहिरिएका छन् ।












प्रतिक्रिया दिनुहोस्