काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं. २ का गल्ली र वस्तीहरूमा अचेल एउटा फरक रौनक छ। हातमा ‘हलो’ अंकित झण्डा र ओठमा आत्मीय मुस्कान लिएर घर-घर पुगिरहेकी छिन्, राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार कुन्तीदेवी पोखरेल।
केवल चुनावी घरदैलो मात्र होइन, विगत १५ वर्षदेखि यस क्षेत्रका महिला, युवा र श्रमिकको सुख-दुःखमा साथ दिँदै आएकी एक अभियन्ताको पुनर्मिलन जस्तो देखिन्छ।
सडकदेखि सदनसम्मको यात्रा तय गर्ने संकल्पका साथ मैदानमा उत्रिएकी पोखरेलले मतदाताको आँगनमा पुगेर केवल आश्वासन होइन, आफ्ना स्पष्ट योजना र विगतको कामको फेहरिस्त सुनाउने गरेकी छिन्।
राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गरेकी पोखरेलले १० हजारभन्दा बढी महिलालाई उद्यमी बनाउन खेलेको भूमिका र युवा स्वरोजगारका लागि पुर्याएको योगदान नै अहिले उनको विजयको बलियो आधार बनेको छ।
घरदैलोका क्रममा उनले कोटेश्वर-जडिबुटीको सास्तीपूर्ण ट्राफिक जाम हटाउने, पेप्सीकोलाको डुबान समस्या समाधान गर्ने र तीनकुनेको खाली जग्गालाई हरित पार्कका रूपमा विकास गर्ने जस्ता स्थानीय मुद्दालाई प्राथमिकताका साथ उठाउने गरेकी छिन्।
“म चुनावका बेला मात्र देखिने नेता होइन, सधैं जनताको बीचमा रहने व्यक्ति हुँ,” उनी मतदातासँग भन्ने गर्छिन्। भ्रष्टाचार विरुद्धको शून्य सहनशीलता र सम्पत्ति विवरण सार्वजनिक गर्ने उनको घोषणाले सुशासनको भोको मतदातालाई थप आकर्षित गरेको छ।
शंखरापुरको ऐतिहासिक पहिचान जोगाउनेदेखि “Made in Shankharapur” मार्फत स्थानीय उत्पादनलाई विश्व बजारमा पुर्याउने सपना बोकेकी कुन्तीदेवी यतिबेला काठमाडौँ-२ मा विकास र परिवर्तनको एउटा बलियो आशाका रूपमा उदाएकी छिन्।












प्रतिक्रिया दिनुहोस्