होली विशेष: पीक प्वाइन्ट एकेडेमी
द्वारा हार्दिक शुभकामना, मर्यादित उत्सव मनाउन आग्रह
काठमाडौं । रंगहरूको महान पर्व होलीको पावन अवसरमा पीक प्वाइन्ट एकेडेमीले सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूमा हार्दिक शुभकामना व्यक्त गरेको छ।
एक शुभकामना सन्देश जारी गर्दै एकेडेमीले होली पर्वले आपसी सद्भाव, मित्रता, एकता र सकारात्मक सोचको विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरेको छ। “रंगहरूको यो विशेष पर्वले सबैको जीवनमा खुशी, उत्साह र सफलताको नयाँ रंग भरोस्,” सन्देशमा उल्लेख गरिएको छ।
यस अवसरमा एकेडेमीका प्रिन्सिपल इर. विनय श्रेष्ठले भन्नुभयो,
“होली केवल रंग खेल्ने चाड मात्र होइन, यो आपसी सम्बन्ध सुदृढ गर्ने, मनमुटाव भुल्ने र सकारात्मक सोचका साथ अघि बढ्ने अवसर हो। विद्यार्थीहरूले विशेषगरी सुरक्षित, सभ्य र मर्यादित रूपमा होली मनाउँदै आफ्नो तथा अरूको सुरक्षामा ध्यान दिनुपर्छ।”
उहाँले शैक्षिक संस्थाको रूपमा पीक प्वाइन्ट एकेडेमीले विद्यार्थीहरूलाई शैक्षिक उत्कृष्टतासँगै सामाजिक मूल्य, अनुशासन र जिम्मेवारीको भावना सिकाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
एकेडेमीले यस शुभ अवसरमा सम्पूर्णमा सुस्वास्थ्य, उज्यालो भविष्य र निरन्तर सफलताको कामना गरेको छ।












प्रतिक्रिया दिनुहोस्