सिन्धुली । सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ को पछिल्लो मतगणना अनुसार नेकपा एमालेका उम्मेदवार प्रदीपकुमार कटुवालले आफ्नो अग्रतालाई बलियो बनाउँदै लगेका छन्। उनले हालसम्म ३,०६५ मत प्राप्त गरी पहिलो स्थान कायम गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उज्ज्वलप्रसाद बरालले २,०२० मत पाएका छन्। यसरी हेर्दा प्रदीपकुमार कटुवाल आफ्ना मुख्य प्रतिस्पर्धीभन्दा १,०४५ मतले अगाडि रहेका छन्।
देशका विभिन्न भागमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता हासिल गरिरहेको भए पनि सिन्धुली १ मा भने एमाले नै अगाडि देखिएको छ। यहाँ रास्वपाका उम्मेदवार धनेन्द्र कार्कीले १,४३८ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका डेकेन्द्रप्रसाद सुवेदीले ९३३ मत प्राप्त गरेका छन्।
अहिलेको चुनावी रुझान हेर्दा सिन्धुली १ मा नेकपा एमाले र नेपाली कांग्रेसबीच नै मुख्य भिडन्त देखिएको छ। देशभर रास्वपाको चर्चा चलिरहँदा यो क्षेत्रमा भने प्रदीपकुमार कटुवालले आफ्नो पकड जमाउन सफल भएका छन्।












प्रतिक्रिया दिनुहोस्