सिन्धुली । नेपाल राष्ट्रिय शिक्षक संगठन फिक्कल गाउँपालिकाको नेतृत्वमा सालघारी माध्यमिक विद्यालय रातमाटाका प्राधानध्यापक ठाकुर प्रसाद फुँयाल निर्वाचित भएका छन् ।
शनिबार बसेको दोश्रो अधिवेशनबाट फिक्कल अध्यक्षमा ठाकुर प्रसाद फुँयाल सहित १८ सदस्यीय पदाधिकारीलाई सर्वसम्मत रुपमा निर्वाचित गराईएको फिक्कल शिक्षक महासंघका सह-सचिव बैकुण्ठ पहाडीले बागमती पेजलाई जनाएका छन् ।
पदाधिकारीहरुः
अध्यक्ष : ठाकुर फुँयाल
महिला उपाध्यक्ष : निर्मला बास्तोला
उपाध्यक्ष : हिरालाल पहाडी
सचिव : विपुल पहाडी
कोषाध्यक्ष : नारायण प्रसाद काफ्ले
सह-सचिव : निर्मला लुईटेल पहाडी
सह-कोषाध्यक्ष : खिला मगर
सदस्यहरुः
चेत प्रसाद पहाडी
तिलक आले
सविना थापा
रविन मगर
जीवनाथ पहाडी
सीलधोज कार्की
महिला सदस्य कविता पहाडी
बागमती प्रदेश प्रतिनिधिहरु:
पृथ्वी बहादुर कार्की
केशव बराल
अप्सरा पहाडी
नेपाल राष्ट्रिय शिक्षक संगठन फिक्कलका नवनिर्वाचित अध्यक्ष ठाकुर प्रसाद फुँयालले शैक्षिक मुद्धालाई समाधान गर्न सबैको सल्लाह सुझावलाई आत्मसाथ गर्दै अगाडी बढ्ने प्रतिवद्धता जनाएका छन् ।
निवर्तमान अध्यक्ष टेकबहादुर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन सिन्धुली जिल्ला अध्यक्ष पुरुषोतम पहाडी, नेपाल शिक्षक महासंघ जिल्ला अध्यक्ष केशवराज पहाडी, गाउँपालिका प्रमुख धनबहादुर कार्की, उपाध्यक्ष पार्वती सुनुवार, प्रवक्ता राजु बराल, वडाध्यक्षहरु लगायत अन्य शिक्षकहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्