काठमाडौं । बूढानीलकण्ठ-११ स्थित कपन शान्ति समाजको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सामाजिक क्षेत्रमाा सक्रिय कपन शान्ति समाजले कार्यप्रगती प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रश्तुत गर्दै कार्यक्रम सम्पन्न गरेको हो ।
शनिवार भएको सो कार्यक्रमका प्रमुख अतिथि बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्धव प्रसाद खरेलले कपन शान्ति समाजले विभिन्न नयाँ ढंगले काम गर्दै आएको अनुभुत भएको बताएका छन् । पूर्वाधार विकास निर्माणमा मात्र नभएर खेलकुद तथा सामाजिक काममा समेत निकै फड्को मरेको छ ।
नगर प्रमुख खरेलले भने, ‘नगरले यस संस्थाका विभिन्न काममा सहयोग गर्दै आएको छ र संस्थाको भवन निर्माणमा समेत आवश्यक सहयोग गर्न हामी तयार छौं ।’
नगर उपप्रमुख रमादेवी राईले सो वडाका महिला उद्यमी तथा अन्य तालिमहरु भएका छन् । दिएका तालिमहरु प्रभावकारी र उत्पादनसँग जोडिएको उपप्रमुख राईले बताएकी छन् । उनले उत्पादन भएका वस्तुहरु बजारमा पुर्याउन नगरले एउटा कोसेली घर बूनपा-११ पनि बनाउन आवश्यक रहेको भन्दै कोसेली घर निर्माणमा लागि पर्ने प्रतिवद्धता जनाईन् ।
त्यस्तै कार्यक्रममा विशेष अतिथिका रुपमा रहेका बूनपा ११ का वडाध्यक्ष राजु अधिकारीले वडा भित्रका सबै टोल सुधारलाई आवश्यक सहयोग गर्दै आएको बताए । अअध्यक्ष अधिकारीले कपन शान्ति समाजले भौतिक पूर्वाधार विकासमा निकै सक्रिय रुपमा काम गर्दै आएको बताए । उलने भने संस्थाले आपत विपदको समयमा समेत यस संस्थाले टोलवासीलाई निकै प्रभावकारी ढंगले सहयोग गरेको उनको भनाई छ ।
कार्यक्रममा कार्यपालिका सदस्य भगवती निरौलाले यो टोल सुधार समिति एकवद्ध भएर निकै रचनात्मक काम गर्दै आएको बताएकी छन् । यस कपन शान्ति समाजमा अन्यत्र जस्तो राजनीतिक नहुने भन्दै यस्ता किसिमका समस्या नभएको प्रष्ट पारिन् । सबै समस्या समाधान हुँदै आएको भन्दै कपन शान्ति समाजले आफ्नै भवन बनाउन सके थप प्रभावकारी रुपमा काम गर्न सहज हुने बताईन् ।
भवन निर्माणको लागि नगरमा पटक-पटक आग्रह रहेको जनानकारी गराउँदै उनले भनिन्, ‘भवन निर्माणको लागि सार्वजनिक जग्गा खोज्दै गरेका छौं, उपयुक्त जग्गा भएपछि कुनै योजनाबाट कपन शान्ति समाजको भवन निर्माण गर्न नगरबाट सहयोग हुनेछ ।‘
कार्यक्रममा कपन शान्ति समाजका अध्यक्ष मदन गौतमले विकास निर्माणका कामहरु ढल निकाश, ढलान ब्लक निर्माण, सडक कालो पत्रे, सडक बत्ति राख्ने, कोभिडमा राहत वितरण लगायतका कामहरु गर्दै आएको जनाएका थिए ।
संस्थाका सचिव गाेविन्द चाैलागाँइले संचालन गरेकाे कार्यक्रमकाे आय व्यय आषा पोखरेलले प्रस्तुत गरेकी थिइन् भने कार्यक्रममा स्वागत मन्तव्य एलिना भण्डारीले राखेकी थिईन् ।
प्रतिक्रिया दिनुहोस्