काठमाडौँ । गोकर्णेश्वर नगरपालिकामा एक जना महिलाको शौचालयमा लडेर मृत्यु भएको छ ।
नगरपालिकाको वडानम्बर ४ स्थित जग्गा भाडामा लिई टहरा बनाएर बस्दै आएकी रामेछाम उमाकुन्ड गाउँपालिका ५ कि ४९ वर्षीय सुशीला खड्काको मृत्यु भएको हो ।
खड्का शनिबार राति साढे ८ बजे टहरोमै रहेको शौचालयमा लडेर बेहोस भएकी थिइन् । उनलाई बहिनी वर्षा सुनवारले बेहोस भएको देखी नेपाल मेडिकल कलेज अत्तरखेल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
घटनाबारे जानकारी पाएपछि प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले मुचुल्का तयार गरी अनुसन्धान सुरु गरेको छ । खड्काका आफन्त नआएकोले शव सोही अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्