Logo

बागमती पेज

आश्विन १५, २०७७ बिहीबार

ठूलो परिणाममा मिति गुज्रेको स्नेकर, ट्याङ र ओरियो बिस्कुट बरामद


काठमाडौँ । महानगरीय अपराध महाशाखाले कलंकीस्थित लिंक मार्गबाट ठूलो परिणाममा मिति गुर्जेको स्नेकर, ट्याङ र ओरियो बिस्कुट बरामद गरेको छ ।

आइएन डिस्टिब्यूर्टसबाट मिति गुर्जेको सामान बरामद गरिएको महाशाखाका एसएसपी दीपक थापाले बताए । वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभाग, जिल्ला प्रशासन कार्यालय र अपराध महाशाखाको टोलीले ५ वटा कोठामा राखिएको सामानको मुचुल्का उठाउने काम गरिरहेको एसएसपी थापाले जानकारी दिए ।

आइएन डिस्टिब्यूर्टसका सञ्चालक रौनक गोत्रालाई समेत बाफलबाट पक्राउ गरिएको एसएसपी थापाले बताए । त्यस्तै आइएन डिस्टिब्यूर्टसका केही कामदारहरुलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आइएन डिस्टिब्यूर्टसले मिति गुर्जेको सामानमा नयाँ स्टिकर टाँस्दै बजारमा पठाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले सामानसँगै स्टिकर बनाउने मेसिन समेत बरामद गरेको छ ।