Logo

बागमती पेज

आश्विन १८, २०७७ आईतबार

नगर प्रमुख चालिसेद्वारा नयाँपाटी बृहत खानेपानी आयोजना उद्घाटन


काठमाडौं । गोकर्णेश्वर नगरपालिका-२ मा नगर प्रमुख सन्तोष चालिसेले नयाँपाटी बृहत खानेपानी आयोजनाको उद्घाटन गरेका छन् ।

नगरप्रमुख सन्तोष चालिसेले नगरपालिकाको करिव १ करोड ५० लाखको आर्थिक सहयोगमा निर्मित बृहत खानेपानी नगरकै पहिलो ठूलो खानेपानी आयोजना भएको जानकारी गराए । आयोजना निर्माणको क्रममा विभिन्न किसिमका समस्या आएको स्मरण गर्दै आगामी दिनमा वडा नं २ मा खानेपानीको लागि समस्या नहुने  विश्वास व्यक्त गरे ।

नगर प्रमुख चालिसेले वडा नं. २ मा मात्र नभएर आफू निर्वाचित भएपछि नगरभित्र विकासले निकै फड्को मारेको भन्दै स्थानीय सरकारबाट विभिन्न सुविधा लिन पाउँँदा नगरवासीमा केही खुशी छाएको समेत स्पष्ट पारे ।

उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र लामाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गोकर्णेश्वर नगरपालिका-२ का वडाध्यक्ष कृष्ण बहादुर पण्डित क्षेत्री, नगर प्रमुख सल्लाहकार दिपक रिसाल, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ क्षेत्रीय कोषाध्यक्ष किरण के.सी, नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका वडा नम्बर २ ईकाई समितिका सभापति प्रेम प्रसाद श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।