Logo

बागमती पेज

कार्तिक २०, २०७७ बिहीबार

चुनाव हारे जेल जान सक्छन् डोनाल्ड ट्रम्प !


एजेन्सी । ह्वाइटहाउसमा आफ्नो अधिपत्य कायम राख्न अहिले डोनाल्ड ट्रम्प लडिरहेका छन् । यदि हारेमा, विश्वका सर्वाधिक शक्तिशाली व्यक्ति एकैपटक रसातलमा पुग्न सक्छन्, राष्ट्रपति भएकै कारण उनलाई प्राप्त संरक्षण गायब हुनसक्छ ।

राष्ट्रपतिको हैसियतमा ट्रम्प संरक्षित छन्, तर यदि निर्वाचनमा पुनर्निर्वाचित हुन नसके उनले व्यक्तिगत रुपमा धेरै मुद्दाहरु झेल्नुपर्ने हुनसक्छ । मंगलबार जो बाइडेनले पर्याप्त भोट पाएमा ट्रम्पले पदको दूरुपयोगदेखि बलात्कारसम्मका सम्भावित आरोप सामना गर्नुपर्ने हुनसक्छ । ट्रम्पको आत्मकथा लेखेका डेभिड जोनस्टोनले चेतावनी दिइसकेका छन्, ‘एकपटक राष्ट्रपति पद छाडेपछि ट्रम्प जेल समेत जानुपर्ने हुनसक्छ ।’

‘पक्कै पनि यदि हामी समान न्यायको देश हौं भने,’ वासिङटन मासिकसँगको अन्तर्वातामा जोनस्टोनले भनेका छन्, ‘ट्रम्पविरुद्ध गम्भिर अपराधको अभियोग छ । तर यस्तो हुन्छ वा हुँदैन भन्ने पूर्णत अनिश्चित छ ।’ एकपटक फेरि सामान्य नागरिक भइसकेपछि ट्रम्पमाथि लागेका आरोपहरुको औपचारिक रुपमा छानविन हुनुपर्ने सुझाव केहिले दिएका छन् ।

क्यार्लिफोर्नियाका सांसद् इरिक स्वालवेलले गत अगस्टमै यसबारे बोलेका थिए । उनले ‘राष्ट्रपतिय अपराध नियोग’ गठन गरेर स्वतन्त्र छानविनकर्ताहरुलाई राख्दै भ्रस्ट राष्ट्रपतिबारे छानविन गर्न अनुमति दिइनुपर्ने तर्क गरेका थिए ।