Logo

बागमती पेज

कार्तिक २२, २०७७ शनिबार

कराते वर्ल्ड च्याम्पियनसिपमा निता र सोनिमलाई स्वर्ण


अनलाइन कराते वर्ल्ड च्याम्पियनसिपमा नेपालले २ स्वर्ण, १ रजत र ७ कास्य पदक जित्न सफल भएको छ । नेसनल कराते अफ ब्राजिलको आयोजनमा ३० र ३१ अक्टोबरमा भएको अनलाइन काता च्याम्पियनसिपमा नेपालले उक्त पदक प्राप्त गर्न सफल भएको प्रशिक्षक तथा खेलाडी रविन्द्र मानन्धरले जानकारी गराए ।

नेपालका लागि निता आचार्य र सोनिम मानन्धरले स्वर्ण पोल्टामा हाल्न सफल भएका थिए । ब्राउन बेल्टदेखि ब्लाक बेल्ट सम्मको प्रतिस्पर्धा गराईएको च्याम्पियनसिपको १३ देखि २१ बर्ष समूहमा निताले २४.७० अंक प्राप्त गर्दै आयोजक ब्राजिलकी क्यारोलिन एजोभेदोलाई पराजित गर्दै स्वर्ण कब्जा गरेकी हुन् । क्यारोलिनले २४.५५ अंक प्राप्त गरेकी थिईन् । तेश्रो स्थानमा इन्डोनेसिया र भारतका खेलाडीहरु रहे ।

यस्तै पुरुष तर्फको सोही स्पर्धामा नेपालका सोनिम मानन्धरले २४.९६ अंकका साथ स्वर्ण हात पारे । उनले भारतको सायक कमाकरलाई पराजित गरेका थिए । सायकले २४.७३ अंक हात पारेका थिए । तेश्रो स्थानमा क्युवा र ब्राजिलका खेलाडी रहे ।

निता र सोनिमले वेष्ट अफ दि वेष्ट तर्फ पनि कास्य पदक प्राप्त गरे । निताको समूहमा ब्राजिलले स्वर्ण, पेरुले रजत र ईन्डोनेसियाले कास्य पाए । यस्तै सोनिमको समूहमा मोरक्कोले स्वर्ण प्राप्त गर्दा ईन्डोनेसियाले रजत र कास्य पायो ।

यस्तै नेपालका लागि सञ्जु देसारले रजत हात पारिन् । महिला १४ देखि १५ बर्ष उमेर समूहमा देसारले २५.३१ अंक प्राप्त गरेकी थिईन् । प्रथम स्थान हात पारेकी इन्डोनेसियाकी नविला सकिलालिनोमले २५.३५ अंकका साथ स्वर्ण जितेकी थिइन् । तेश्रो स्थानमा रसिया र ब्राजिलका खेलाडी रहे ।

पुरुष ग्रिन देखि ब्लाकबेल्ट ८ देखि ९ बर्ष उमेर समूहको प्रतिस्पर्धामा सत्कार घर्ती मगरले ३७.१० अंक प्राप्त गर्दै नेपालका लागि कास्य जोडे । भेनेजुएलाका ग्राबिल ईडुआर्डोले ३२.३० अंकका साथ स्वर्ण र ईन्डोनेसियाका मोहमद अल तरावीले ३२.१७ अंकका साथ रजत पाए । यस्तै पेरुका आर्तुरो सान्चेजले कास्य पाए ।

महिलाको ह्वाईट/एलो बेल्टको १४ – १५ बर्ष समूहमा दीपिका सापकोटाले २३.०१ अंकका साथ कास्य पाइन् । सो स्पर्धामा आयोजक ब्राजिलका खेलाडीहरुले स्वर्ण, रजत र कास्य पाए । यस्तै महिलाकै अरेन्ज/रेड बेल्टमा अनुभा मङ्गर्तीले कास्य पाइन् । उनले २२.७३ अंक हात पारेकी थिईन् । सो स्पर्धामा उज्वेकिस्तानले स्वर्ण तथा ब्राजिलले रजत र कास्य पाए ।

महिला जुनियर १३ देखि २१ बर्ष उमेर समूहमा मिस्ली श्रेष्ठले २३.५३ अंकका साथ कास्य हात पारिन् । यस स्पर्धामा पहिलो, दोश्रोका साथै अर्को तेश्रो स्थान ब्राजिलले हात पार्याे ।

१२ देखि ३१ बर्ष ब्लाक बेल्ट स्पर्धामा भने नेपालका खेलाडी राजकुमार श्रेष्ठ पाँचौ स्थानमा रहे ।

मास्टर्स ३२ देखि ४१ बर्ष उमेर समूहमा नेपालका प्रशिक्षक एवं खेलाडी रविन्द्र मानन्धरले कास्य पदक प्राप्त गरे । उनले २४.१७ अंक प्राप्त गरेका थिए । सो स्पर्धामा स्वर्ण र रजत आयोजक ब्राजिलले हात पा¥यो । हेल्दर कोटेस बोनिफासियोले २४.७३ अंक र कृष्टिआनो भानीले २४.३० अंकका साथ स्वर्ण र रजत प्राप्त गरे । अर्को कास्य पदक ब्राजिलकै पोल्टमा प¥यो ।

उक्त च्याम्पियनसिपमा नेपालको तर्फबाट रवी शाहीले संयोजनको भूमिका निर्वाह गर्नुका साथै निर्णायकको भूमिका पनि निर्वाह गरेको प्रशिक्षक रविन्द्र मानन्धरले जानकारी गराए ।