Logo

बागमती पेज

पुस १९, २०७७ आईतबार

गाउँपालिका अध्यक्षको कार्यशैली विरोध गर्दै उपाध्यक्षले दिइन् राजीनामा…


काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले आफ्नो पदबाट राजिनामा दिएकी छन् ।

उपाध्यक्ष विष्टले गाउँपालिका अध्यक्षको कार्यशैली लगायतका कुरामा असन्तुष्टि जनाउँदै राजीनामा दिएकी हुन् । उनले दिएको राजीनामा स्वीकृत गरिएको गाउँपालिका अध्यक्ष एकराज उप्रतीले जानकारी दिए ।