Logo

बागमती पेज

पुस १९, २०७७ आईतबार

कागेश्वरी मनोहराको आम्दानी र खर्च विवरण सार्वजनिक


काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाले विगत ६ महिनामा भएको आम्दानी र खर्चको विवरण सार्वजनिक गरेका छन् ।

नगर प्रमुख थापाले आर्थिक वर्ष २०७७ श्रावण १ गते देखि २०७७ पौष १७ गते सम्म भएका आम्दानी र खर्च विवरण सामाजिक संजाल मार्फत सार्वजनिक गरेका हुन् । उनले सामाजिक संजाल मार्फत स्वच्छ सफा हराभरा, बनाउ कागेश्वरी मनोहरा” बिकाश निर्माणमा कागेश्वरी मनोहरा लेखि नगरपालिकाको आ.व. २०७७/०७८  अन्तर्गतको छ महिनाको आम्दानी र खर्च विवरण निम्न रहेको जानकारी गराएका छन् ।

कागेश्वरी मनोहरा नगरपालिकाको २०७७ श्राबण १ गते देखि २०७७ पौष १७ गते सम्म जम्मा आम्दानी-९२ करोड ९९ लाख ८२ हजार ९ सय १० पैसा ३१ रहेको जानकारी गराएका छन् । जसमा जम्मा चालू खर्च-१५ करोड ३३ लाख ९१ हजार ८ सय १६ पैसा १० (जम्मा खर्च ३५.३२५ प्रतिशत)  रहेको उल्लेख गरेका छन् । त्यस्तै जम्मा पुजिगत खर्च-२० करोड ८३ लाख ७५ हजार ५ सय ४३ पैसा ९६ (जम्मा खर्च १६.९२५ प्रतिशत) रहेको जानकारी गराएका छन् ।

नगर प्रमुख थापाले हाल सम्म जम्मा खर्च-३६ करोड १७ लाख ६७ लाख ३ सय ६० पैसा ०६ रहेको जसमा नगद मौजदात  ५६ करोड ८२ लाख १५ हजार ५ सय ५० पैसा २६ रहेको समेत जानकारी गराएका छन् ।