Logo

बागमती पेज

पुस २०, २०७७ सोमबार

सीप र प्राविधिक ज्ञानमा जोड दिन आवश्यक छः अध्यक्ष बोहोरा


सिन्धुली । सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा (दाहाल)ले मूलुकको समृद्धिका लागि शिक्षा क्षेत्रको सीप र प्राविधिक ज्ञानमा जोड दिन आवश्यक रहेको बताईन् ।

प्रगतिशील माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै अध्यक्ष बोहोराले समाज र मुलुक परिवर्तनका लागि गुणस्तरीय शिक्षा एवं दक्ष जनशक्तिको आवश्यकता रहेको बताईन् । उनले भनिन्, ‘विद्यालयमा भौतिक पूर्वाधारको विकाससँगै शैक्षिक गुणस्तर सुधारमा ध्यान दिन आवश्यक छ ।’

कार्यक्रममा अध्यक्ष बोहोराले विद्यालय भवनको साँचो व्यवस्थापन समितिका अध्यक्ष मनोज श्रेष्ठलाई हस्तान्तरण गर्दै नवनिर्मित २१ कोठे भवन उद्घाटन गरेकी थिईन् ।

गाउँपालिकाका उपाध्यक्ष दिर्व सिं मुक्तानले शैक्षिक गुणस्तरमा अझ ध्यान दिएर लाग्न अनुरोध गर्दै सकेको सहयोग गर्न तयार रहेको बतए । उपाध्यक्ष मुक्तानले विद्यालयमा शुनकोशीको शैक्षिक विकासमा प्रगतिशील मा.वि. ले पुर्याएको योगदानको चर्चा गर्दै आगामी दिनमा विद्यालयले नामजस्तै काम गर्छ भन्ने विश्वास व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज श्रेष्ठले विद्यालयको भवन निर्माणमा सबै क्षेत्रबाट प्राप्त सहयोगप्रति गाउँपालिका, जनप्रतिनिधि, स्थानीय अभिभावक, बुद्धिजीवी, व्यवसायी सबैमा धन्यवाद व्यक्त गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक चक्रबहादुर श्रेष्ठले विद्यालयको भौतिक एवं शैक्षिक सुधारमा भएका प्रगतिबारे चर्चा गर्दै रु. ८ करोड ३४ हजार लागतमा भवन निर्माण सम्पन्न भएको जानकारी दिए ।

२०७२ सालको विनासकारी भुकम्पबाट क्षेतीग्रस्त भएको विद्यालय भवन नेपाल सरकार र एसियाली विकास बैंकको आर्थिक सहयोगमा भवन निर्माण सम्पन्न गरिएको हो ।