Logo

बागमती पेज

पुस २३, २०७७ बिहीबार

एकताबद्ध भएर संघर्ष गर्नुको विकल्प छैनः अध्यक्ष दाहाल


सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुली अध्यक्ष तथा बागमती प्रदेशसभा सदस्य राजन दाहालले ओली सरकार असफल भएको दावी गरेका छन् । नेकपा असफल भएको होईन भन्ने धारणा व्यक्त गर्दै उनले भने, नेकपा नै असफल भएको होकि भन्ने आशंका नपाल्दा हुन्छ ।

नेपाली जनताले ओलीलाई नभएर पार्टी घोषणापत्रलाई विश्वास गरेका हुन् । घोषणापत्र भित्र सरकारले कार्यसंपादन गर्ने ५ वर्षको कार्यतालिकामा प्रष्ट छ । अध्यक्ष दाहालले एक पटक सबैले घोषणा पत्र हेर्न आवश्यक रहेको बताए ।

घोषणापत्रलाई एक पटक पनि पल्टाएर नहेरी पुरानै दलाल नोकरशाही व्यावस्थाको भद्दा निरन्तरता नै ओली सरकारको असफलता हो । अध्यक्ष दाहालले भने, ‘मार्क्सवाद लेनिनवाद प्रतिको अलगाव हो र पार्टीको घोषणापत्र प्रतिको अलगाव हो । त्यसकारण प्राप्त उपलव्धिको रक्षार्थ सिंगो देश एकताबद्ध भएर संघर्ष गर्नुको विकल्प छैन ।’

पछिल्लो ओलीको प्रतिनीधीसभा विघटनको प्रतिगामी कदमले के पुष्टि गरेको छ भने उनी संघीय लोकतान्त्रिक गणतन्त्र सिध्याउन सरकार बनेको दिनदेखि सुनियोजित रूपमा लागेका रहेछन् ।