Logo

बागमती पेज

माघ ६, २०७७ मंगलबार

प्रमोदले ल्याए ‘उनको हात मेरो सिरानी’


काठमाडौं । चर्चित गायक प्रमोद खरेलको स्वर र महेश खड्काको संगीत रहेको गीत ‘उनको हात मेरो सिरानी’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रमेश घिमिरेको शब्द र महाराज थापाको एरेन्ज रहेको गीतको भिडियोमा अभिनेत्री लक्ष्मी बर्देवा, दिना घिमिरे र गीतकार रमेशकै नै अभिनय रहेको छ । ‘प्रिसन्सा हाउस अफ प्रोडक्सन’ ले निर्माण गरेको गीतको भिडियो प्रिन्स्पन कार्कीले निर्देशन गरेका हुन् ।

नरेश ऐरको छायाँकन र नविन निरौलाको सम्पादन भिडियोमा रहेको छ ।

https://www.youtube.com/watch?v=Q_ozkISNcWE&feature=emb_title&ab_channel=PrisansaaH