Logo

बागमती पेज

माघ २५, २०७७ आईतबार

छाउनी बाहिटी सामाजिक सेवा केन्द्रको पाचौं साधारण सभा सम्पन्न


काठमाडौं । छाउनी बाहिटी सामाजिक सेवा केन्द्रको पाचौं साधारण सभा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुुख अतिथि सांसद जीबनराम श्रेष्ठले उद्घाटन गर्दै सेवा केन्द्रको तर्फबाट टोलको बिकासमा खेलेको भुमिकाको प्रसंशा गरेका थिए ।

छाउनी म्युजियम स्थित अतिक्रमित जग्गा काठमाडौं महानगर पालिका-१५ वडाध्यक्षको समेत सक्रियतामा संरक्षण गर्ने काम भएकोमा धन्यवाद दिँदै सांसद बिकास कोषबाट भुकम्प स्मृति पार्क निर्माण भैरहेकोमा यो बर्ष सम्पन्न गर्ने प्रतिवद्धता जनाए । सांसद श्रेष्ठले उक्त पार्कमा ब्यायामको सामान समेत राखि टोलबासीलाई स्वस्थ रहन मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए ।

पाँचौं साधारण सभाबाट सर्वसम्मत निर्वाचित पदाधिकारीहरुः
अध्यक्ष: राजु महर्जन
उपाध्यक्ष: दिल कुमारी कार्की
सचिव: गौतम डंगोल
कोषाध्यक्ष: रुपा रञ्जितकार

सदस्यहरु:
निदेश प्रधान
उषा चन्द मास्के
सञ्जय महर्जन
महेश राम श्रेष्ठ
बिकास महर्जन

कार्यक्रमका बिशेष अतिथि काठमाडौं महानगरपालिका-१५ का वडाध्यक्ष तथा महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोल रहेको कार्यक्रमका सभापति छाउनी बाहिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष राजु महर्जन, प्रगति विबरण सेवा केन्द्रका सचिव रामप्रसाद पण्डित लगायतको सहभागिता रहेको थियो भने कार्यक्रम सञ्चालन गौतम डंगोलले गरेका थिए ।