Logo

बागमती पेज

माघ ३०, २०७७ शुक्रबार

विश्वस्तरिय चर्चित ट्युनमा बन्यो म्युजिक भिडियो ‘दुरी मजबुरी’


काठमाडौं । Anxmus Musicgfds नामक म्युजिक प्रोडक्सन टिमले सिर्जित विश्वभरीनै चर्चित ट्युनमा म्युजिक भिडियो “दुरी मजबुरी“ भर्खरै रिलिज गरेको छ ।

टिकटक, भ्लग, युट्युब लगायत थुप्रै स्थानमा पहिलेनै निक्कै चर्चा कमाइसकेको ट्युनमा गायक सिडी बिजय अधिकारीले शब्द र संगीत सिर्जना गरेर गायिका प्रविशा अधिकारीसंग गाएका छ्न् ।

इनाक्षी इन्टरटेन्मेण्टको प्रस्तुति यस गीतको म्युजिक भिडियोमा कलाकारहरु सुधिर श्रेष्ठ, आशु न्यौपाने, सरोज खनाल, रश्मि भट्ट, दिपकराज पाठक, उत्तम श्रेष्ठ लगायतको अभिनय रहेको छ भने उत्तम श्रेष्ठ “शिशिर“ ले म्युजिक भिडियोलाई निर्देशन गरेका छ्न् ।

गीतमा कोरियोग्राफी सन्तोष राजबहाकको रहेको छ भने छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईँको र सम्पादन अमृत चापगाइँको रहेको छ ।

https://www.youtube.com/watch?v=KT1hnNogVOw