Logo

बागमती पेज

फाल्गुन ३, २०७७ सोमबार

प्रधानमन्त्रीको प्रतिगमन बिरुद्द आर आर क्याम्पसको मसाल जुलुस


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन बिरुद्द अनेरास्ववीयू आर आर क्याम्पसले मसाल जुलुस निकालेको छ ।

सोमबार साँझ क्याम्पस अगाडी प्रदर्सनि मार्गमा अनेरास्वबियू आर आरका विद्यार्थीहरुले मसाल जुलुस निकालेका हुन् । अनेरास्वबियू आर आर क्याम्पसले निकालेको मसाल जुलुसको नेतृत्व विद्यार्थी नेता द्वय सङ्गम प्रसाद देवकोटा र देभेन्द्र शर्माले गरेका थिए ।

प्रधानमन्त्री केपी ओलिले गरेको असम्बैधानिक कु र संवैधानिक निकायहरुको नियुक्तिमा बलमिच्याई गरेको भन्दै प्रचण्ड-माधव पक्ष अहिले देशभर आन्दोलनमा रहेको छ । प्रतिगमन नसच्चिए सम्म आन्दोलन जारी रहने उनीहरुको भनाइ रहेको छ ।