Logo

बागमती पेज

चैत्र १३, २०७७ शुक्रबार

सिन्धुलीका एसपी तिम्सिना तीन महिना नपुग्दै तानिए


काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक (एसपी) आभुषण तिम्सिना प्रहरी प्रधान कार्यालयमा तानिएका छन् ।

एसपी तिम्सिनालाई प्रहरी प्रधान कार्यालयको सचिवालयमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले उनलाई तानेर एसपी गोविन्द थपलियालाई सरुवा सिन्धुलीमा सरुवा गरेको छ । उनी सर्वोच्च अदालतमा कार्यरत थिए ।

तिम्सिना पुष २१ मा सिन्धुली  सरुवा भएका थिए । सरुवा भएर गएको तीन महिना नपुग्दै लगातार विवादमा तानिएको भन्दै उनलाई प्रहरी प्रधान कार्यालय सरुवा गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ ।