Logo

बागमती पेज

चैत्र २७, २०७७ शुक्रबार

नयाँ वर्षको दिन नुवाकोटको सुर्यचौरमा खुला रिङ्ग रेस्लिङ हुने


नुवाकोट । नयाँ वर्ष २०७८ सालको उपलक्ष्यमा नुवाकोटको शिवपुरी गाउँपालिकामा खुला रिङ्ग रेस्लिङ हुने भएको छ ।

शिवपुरी गाउँपालिका-७ स्थित सुर्यचौरमा आयोजना हुने बैशाख १ गते खुला रिङ्ग रेस्लिङ हुने भएको हो । रेस्लिङमा राष्ट्रिय रिङरेस्लिङ विजेता नुवाकोटे टाइगर लागायतका राष्ट्रिय स्तरका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

नयाँ वर्षको दिन दुई बजेबाट शुरु हुने खुला रिङ्ग रेस्लिङ भिडन्तामा हेभ्भी बैट अन्तर्गत राष्ट्रिय रिङ्ग रेस्लिङ बिजेता नुवाकोटे टाईगर र चट्टानको रोमान्चक भिडन्त हेर्न सकिने छ ।