Logo

मेघनाथ पहाडी

बैशाख २, २०७८ बिहीबार

कालिका पार्कमा झण्डा फहराउँदै बूढानीलकण्ठमा नयाँ वर्षको शुरुवात…


काठमाडौं । बूढानीलकण्ठ नगरपालिका -२ मा रहेको कालिका पार्कमा झण्डा फहराउँदै नयाँ वर्षको शुरुवात गरिएको हो । बूनपा– २ मा रहेको सो पार्कमा २०७८ साल बैशाख १ गते नेपालको राष्ट्रिय झन्डा राखिएको हो ।

निर्माण कार्य अन्तिम चरणमा पुगेको कालिका पार्कमा बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्दव खरेल, उप-प्रमुख रमा राई, बूढानीलकण्ठ- २ का वडाध्यक्ष राजेन्द्र खड्का लगायतका जनप्रतिनिधिहरुको उपस्थितिमा पार्कमा झन्डा फहराउँदै शुभकामना आदान-प्रदान गरिएको वडा सदस्य राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

सार्वजनिक जग्गा संरक्षण गर्दै विभिन्न पार्क निर्माणका कामलाई विशेष महत्वका साथ अगाडी बढेको बूढानीलकण्ठ नगरपालिकाले झण्डाको महत्व झल्काउन यस किसिमको आयोजना गरेको हो ।