काठमाडौँ । नेपालमा लैंगिक समानतासम्बन्धी कामको लगानी तथा प्रभावकारितासम्बन्धी स्पष्ट तथा भरपर्दो जानकारीको अभाव छ । यसले नेपाललाई लैंगिक समानताको सन्दर्भमा आफूले गरेको प्रतिबद्धता कति पूरा भयो भन्ने कुराको लेखाजोखा राख्न मुस्किल पारेको छ । यो प्रतिवेदनले नेपाल र विदेशी दाताले लैंगिक समानताको पारदर्शिता बढाउन चालेको कदमलाई प्रशंसा पनि गरेको छ । त्यस्तै, यो प्रतिवेदनले लैंगिक समानताका प्रमुख पक्षधरहरू उपलब्ध जानकारीप्रति सन्तुष्ट छैनन् भन्ने कुरा पनि पुष्टि गरेको छ ।
“नेपालमा लैंगिक वित्त लगानी : लैंगिक समानता बढाउन भएको लगानीको चित्रण,” नामक यो प्रतिवेदनले नेपाल सरकार र विदेशी दातालाई आफूले गरेको लगानीको बारेमा पारदर्शी हुन, लैंगिक समानताको पक्षधरहरूको आवश्यकता पूरा गर्न तथा विकासजनक गतिविधिलाई अझै फलदायी बनाउन सहयोग गर्ने प्रयोजनका लागि सार्वजनिक जानकारीको उपलब्धता र गुणस्तरको मूल्याङ्कन गर्ने, जानकारीको प्रयोग कसरी भइरहेको छ भन्ने कुरा खोज्ने र लैंगिक लगानीको अभिलेख राख्ने काम गर्छ । यो प्रतिवेदन Save the Children US र Plan International USA अमेरिकाको सहयोगमा Friends of Publish What You Fund and Publish What You Fund ले प्रकाशित गरेको हो ।
Friends of Publish What You Fund commented की स्याली पाक्टन भन्नुहुन्छ:
नेपालमा लैंगिक समानताका कसरी लगानी हुँदै छ भन्ने बारेमा विस्तृत, अद्यावधिक जानकारी उपलब्ध नभएसम्म हामी नेपाल सरकार र अन्य दातालाई उनीहरूले लैंगिक समानताको सन्दर्भमा गरेको प्रतिबद्धता प्रति जवाफदेही बनाउन सक्दैनौं कुन अभियान र कसरी नेपाललाई अझै समनतापूर्ण बनाउँछ भन्ने कुरा जान्न, भविष्यका अभियानको खाका कोर्न तथा लागू गर्न तथा विकासजनक गतिविधिलाई अझै फलदायी बनाउन हामीलाई यो जानकारीको आवश्यकता पर्छ । हाम्रो सोधले नेपालमा लैंगिक समानताको क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा के कति लगानी भएको छ भन्ने कुरा विस्तृत रूपमा बुझ्न तथा दाताले गरेको लगानीले कुनै प्रतिफल दिएको छ वा छैन भन्ने कुरा थाह पाउन मुस्किल छ भन्ने कुरा देखाएको छ ।हामीले नेपाल सरकारको प्रयासको वावजुत लैंगिक पक्षधरहरूलाई चाहिने सबै जानकारी उपलब्ध हुन सकिरहेको छैन भन्ने कुरा पत्ता लगाएका छौँ ।
संघीय बजेटमा लैंगिक उत्तरदायीबजेट (GRB) दीगो रूपमा विनियोजनको सन्दर्भमा सरकारको काम हेर्ने हो भने नेपाल सरकारलाई विश्वकै अग्रणी सरकारको रूपमा लिन सकिन्छ । अर्थ मन्त्रालयको मार्करको प्रयोग गरी यो सोधले २०२०-२१ को संघीय बजेटको ३८% रकम (१२ अरब रुपैयाँ) प्रत्यक्ष लैंगिक उत्तरदायी क्षेत्रमा र ३५% रकम प्रत्यक्ष लैंगिक उत्तरदायी क्षेत्रमा विनियोजन गरिएको कुरा पत्ता लगाएको छ । तर पनि महिला समानताको क्षेत्रमा भएको संघीय लगानीसम्बन्धी डेटाले अझै पनि सरकारले लैंगिक समानताको क्षेत्रमा गरेको प्रतिबद्धताको विस्तृत र पूर्ण जानकारी समावेश गर्दैन । जस्तै, अहिले GRB लगानी कसरी नेपालको संघीय लैंगिक नीति तथा प्राथमिकतासँग सम्बन्धित छ भन्ने कुराको जानकारी प्राप्त गर्न सकिँदैन । त्यस्तै, सरकारी निकाय, प्रादेशिक सरकार र स्थानीय सरकारले GRB मा भएको संघीय विनियोजन कसरी खर्च गर्छन् भन्ने कुराको जानकारी पनि प्राप्त गर्न सकिँदैन । यसका अतिरिक्त, अर्थ मन्त्रालयले संघीय स्तरको GRB को अभिलेख राख्ने भए पनि प्रादेशिक र स्थानीय स्तरमा यो अभिलेख एकै नासले राखिएको छैन ।
यो सोधले नेपाल सरकारले निम्न तीन वटा क्षेत्रमा प्राथमिकता दिएर लैंगिक लगानी गर्नु पर्ने कुराको सिफारिस गर्छ:
- संघीय, प्रादेशिक र स्थानीय स्तरमा GRB कार्यान्वयन गर्ने
- सरकारले लैंगिक लगानीको क्षेत्रमा गरेको लगानीको डेटाको मात्रात्मक तथा गुणात्मक सुधार गर्ने
- लैंगिक समानता पक्षधरहरूको आवश्यकता पहिचान गरी सो आवश्यकता पूरा गर्ने
नेपाल सरकारले लैंगिक समानताको क्षेत्रमा लगानी त गर्छ नै, विदेशी दाताहरूले पनि यो क्षेत्रमा ठूलो लगानी गर्छन् । यो प्रतिवेदनले ती दाताहरू नेपालमा लगानी गर्दा OECD-DAC लैंगिक समानता पोलेसी मार्कर प्रयोग गर्ने सक्दो प्रयास गर्छन् भन्ने कुरा देखाएको छ । यसले ती दाताहरू नेपालको लैंगिक समानताको क्षेत्रमा लगानी गर्न प्रतिबद्ध छन् भन्ने कुरा प्रस्ट्याउँछ ।हामीले गरेको विश्लेषणअनुसार नेपालमा २०१८ मा ८६९ मिलियन डलर बराबरको लैंगिक लगानी भएको थियो । तर यो प्रतिवेदनका अनुसार यो लगानी सरकारको लैंगिक लगानीसम्बन्धी प्राथमिकताअनुसार छ वा छैन, यो लगानीले कसलाई फाइदा पुर्याउँछ वा यो लगानीले नेपालको लैंगिक समानताका कस्तो प्रभाव पारेको छ भन्ने कुरा स्पष्ट छैन । त्यस्तै, यो प्रतिवेदनका अनुसार केन्द्रीय, दीर्घकालीन लगानीको अभावमा लैंगिक समानताको क्षेत्रमा काम गर्ने स्थानीय संस्थाहरू (विशेष गरी नेपालमा रहेका गैसस, महिला अधिकारसम्बन्धी संगठन र महिलावादी अभियानहरू) नेपालको लैंगिक समानताको क्षेत्रमा पूर्ण रूपले काम गर्न सकिरहेका छैनन् ।
यो प्रतिवेदनले विदेशी दाताले निम्न तीन वटा क्षेत्रमा प्राथमिकता दिएर स्थानीय लैंगिक लगानीको पारदर्शिता अभिवृद्धि गर्नु पर्ने सिफारिस गर्छ:
- लैंगिक समानताको क्षेत्रमा काम गर्ने स्थानीय संस्थाहरूको डेटा संकलन, प्रयोग र प्रकाशित गर्ने क्षमता अभिवृद्धि गर्ने
- डेटाको आवश्यकताको सन्दर्भमा लैंगिक समानताको क्षेत्रमा काम गर्ने संस्थाहरूसँग सहकार्य गर्ने
- लैंगिक समानताको क्षेत्रमा काम गर्ने स्थानीय संस्थाहरूलाई चाहिएको डेटा पूरा गर्ने प्रयोजनको लागि नेपालमा रहेका कन्ट्री अफिसलाई सहयोग गर्ने
यो प्रतिवेदनकी लेखिका जिमी होल्टन भन्नुहुन्छ:
हामीलाई COVID-१९ महामारीले श्रोतको अभाव सृजना गर्नुका साथै लैंगिक असमानता बढाएको छ भन्ने कुरा थाह छ । अत: हामीले अहिले उपलब्ध लगानीको उच्चतम प्रयोग गर्नु पर्ने हुन्छ । यसका लागि हामीले आवश्यकता भएका व्यक्तिहरूमा लगानी गर्नु पर्ने हुन्छ । यसले यो क्षेत्रमा ठूलो प्रभाव पार्ने छ । हामीले Generation Equality Forum जस्ता अभियानले सृजना गरेको लहरको फाइदा लिनु पर्ने हुन्छ । त्यस्तै, हामीले यस समयलाई लैंगिक असमानता हटाउने विश्वव्यापी गतिविधिको केन्द्रमा पारदर्शिता राख्ने अवसरको रूपमा पनि लिनु पर्छ ।
नेपाल सरकार र विदेशी दाताहरूले अहिलेसम्म प्राप्त गरेका उपलब्धिमा टेकेर अगाडि बढ्नु पर्छ । उनीहरूले लैंगिक समानताको क्षेत्रमा काम गर्ने संस्थासँग समन्वय गरेर उपयोगी जानकारी पनि प्रकाशित गर्नु पर्छ । यसले लैंगिक समानतासम्बन्धी हाल चलिरहेका अभियानको बारेमा जनचेतना अभिवृद्धि मात्र गर्दैन कार्यक्रम निर्माण गर्न, लाभदायी क्षेत्रमा लगानी गर्न तथा विकासजनक गतिविधिलाई अझै लाभदायक बनाउन पनि मद्दत गर्छ ।
यो प्रतिवेदन Save the Children US र Plan International USA अमेरिका तथा Friends of Publish What You Fund and Publish What You Fund को सहकार्यमा लैंगिक लगानी परियोजना ले प्रकाशित गरेको हो ।
लैंगिक लगानी परियोजनाको लक्ष्य भनेको लैंगिकतासम्बन्धी वित्तीय डेटा प्रकाशित गरी सम्बन्धित साझेदारहरूलाई लगानी गर्न (पुनर्लगानी गर्न) सहयोग गर्नु, समन्वय गरी लगानीसम्बन्धी समस्याहरू हल गर्नु तथा दाता र सरकारलाई आफूले लैंगिक समानताको सन्दर्भमा गरेको प्रतिबद्धता पूरा गर्न उत्तरदायी बनाउनु हो । यसले लैंगिक समानताको क्षेत्रमा भएको लगानीलाई प्रभावकारी र परिणाममुखी बनाउँछ ।
लैंगिक लगानी परियोजनाले निम्न तीन देशमा अध्ययन गरेको थियो: केन्या, नेपाल र ग्वाटेमाला हामीले सामान्य विधिबाट यो अध्ययन गरेका हौँ । यो अध्ययन गर्दा सबै देशमा एकै खाले विधि प्रयोग होस् भन्नका खातिर हामीले अध्ययन, डेटाको विश्लेषण, अन्तर्वार्ता, सर्वेक्षण तथा लैंगिक समानताको क्षेत्रमा काम गर्ने प्रमुख दातासँग परामर्श गरेका छौँ । हामी यी देशमा गरेको अध्ययनको आधारमा अब प्रकाशित हुन आँटेको विश्वव्यापी पारदर्शिता प्रतिवेदनमा विभिन्न साझेदारहरूले पारदर्शिता तथा जवाफदेहिता बढाउन चाल्नु पर्ने कदमहरू सिफारिस गर्ने छौँ ।
२१ अप्रिल (नेपालको दिउसो ४ बजे) बुधवारका दिन हामी यो सोधले निकालेको निष्कर्ष तथा दिएको सिफारिसको बारेमा वेबिनार बाट छलफल गर्ने छौँ । उक्त वेबिनारमा सरकार, दाता, नागरिक समाजका प्रतिनिधिहरू नेपालमा लैंगिक समानतामा लगानीको महत्त्व र पारदर्शिताको लागि चाल्नु पर्ने अबका कदमहरूको बारेमा छलफल गर्ने छन् ।
Friends of Publish What You Fund २०१५ मा स्थापित संस्था हो । अमेरिकाको काममा विशेष जोड दिने यो संस्थाले सामयिक र सान्दर्भिक जानकारी उपलब्ध गराएर विदेशी सहायताको प्रतिफल अभिवृद्धि गर्ने लक्षण लिएको छ ।
Publish What You Fund सहायता तथा विकासजनक पारदर्शिताको लागि सुरु गरिएको विश्वव्यापी अभियान हो । हामी यस्तो संसारको कल्पना गर्छौँ जहाँ सहायता र विकाससम्बन्धी जानकारीहरू पारदर्शी, उपलब्ध होस् र यो जानकारी प्रभावकारी खालका निर्णय गर्ने, सार्वजनिक जवाफदेहिता अभिवृद्धि गर्न तथा दीगो रूपान्तरण ल्याउन प्रयोग हुन सकोस् ।
Save the Children US र Plan International USA लैंगिक समानता र मानवीय सहायता एवं विकासको क्षेत्रमा काम गर्ने विश्वव्यापी संस्था हुन् । यी संस्थाले यो परियोजनामा सहयोग गरिरहेका छन् । त्यस्तै, यी संस्थाले Grand Bargain र Call to Action on Gender-Based Violence in Emergencies जस्ता फ्रेमवर्कलाई सहायता प्रदान गर्ने, स्थानीयहरूको सहभागितामा विकास गतिविधि अगाडि बढाउने, लगानीको उपलब्धता सुनिश्चित गर्ने तथा महिला अधिकारको क्षेत्रमा काम गर्ने संस्था तथा किशोरीहरूले नेतृत्व गरेका समूह तथा सञ्जाललाई वित्तीय तथा प्राविधिक सहायता प्रदान गर्ने काम पनि गर्छन् ।
प्रतिक्रिया दिनुहोस्