Logo

बागमती पेज

बैशाख १७, २०७८ शुक्रबार

सुनकोशीका अग्नी पीडितलाई राहत वितरण


काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका भित्रका अग्नी पीडित परिवारलाई राहत वितरण गरिएको छ । बागमती प्रदेशका सांसद तथा नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष राजन दाहालले पीडित ६ परिवारलाई राहत सागग्री हस्तानातरण गरेका हुन् ।

राहत सागम्री वितरण गर्दै सांसद दाहालले समस्यामा परेका सबै जनतालाई आफूले सक्दो पहल गरी सहयोग गर्दै आएको जानकारी गराएका थिए । उनले आवश्यक साथ र सहयोग परेमा विभिन्न स्थानबाट पहलगरी थप सहयोेग गर्ने प्रतिवद्धता समेत जनाए ।

सुनकोशी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष कृष्णराज दाहालका अनुसार नेकपा माओवादी केन्द्र सुनकोशी गाउँपालिकाको सहयोगमा आवश्यक जस्तापाता तथा दाल, चामल, नुन, तेल लगायतका खाद्यन्न सामग्री वितरण गरिएको थियो ।

राहत पाउनेमा सुनकोशी-१ का रामबहादुर सार्की, वडा नं. २ का पदम बहादुर वि.क., वडा नं. ५ का चतुरे दमाई, धन बहादुर वि.क., जमुना वि.क. र भक्त बहादुर सुनुवार रहेको जनाईएको छ ।

चट्याङ्मा परी घर जलेर नष्ट भएका तथा जंगलमा लागेको आगो नियन्त्रण बाहिर गएका कारण घर जलेर नष्ट भएका परिवारलाई राहत सामग्री वितरण गरिएको हो ।