Logo

बागमती पेज

बैशाख २३, २०७८ बिहीबार

नागार्जुनमा कलाकारहरुले निःशुल्क अक्सीजन सहितको एम्बुलेन्स सेवा संचालन गर्ने


काठमाडौं । नागार्जुन नगरपालिकामा कोभिड-१९ संक्रमण नियन्त्रण तथा रोकथामका लागि कलाकारहरुले निःशुल्क एम्बुलेस सेवा, अक्सिजन तथा आईसोलेसन सेन्टर लगायत बिषयमा सामुहिक कार्य संचालन गर्ने भएका छन् ।

नगर प्रमुख मोहन बहादुर बस्नेतको अध्यक्षतामा, उप-प्रमुख शुसिला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर, वडाध्यक्षहरूको छलफलमा कलाकारहरुसँग भएको सहमति अनुसार आगामी दिनमा नार्गाजुनमा कोरोनाका बिरामीले निःशुल्क अक्सीजन सहित एम्बुलेन्स पाउने भएका हुन् ।

विश्वव्यापी महामारीको रूपमा फैलीएको नयाँ भेरियन्टको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै एंव वरिष्ठ कलाकार निखिल उप्रेती, संचिता लुईटेल, डा. शुवास घिमिरे, सामाजिक अभियान्ताहरू ज्ञानेन्द्र शाहि, कर्ण बहादुर शाहि, देवेन्द्र प्रधान लगायतको उपस्थितीमा नगरसँग सो सम्झौता भएको थियो ।