Logo

बागमती पेज

बैशाख २४, २०७८ शुक्रबार

बूढानीलकण्ठका १५५ जना कोरोना संक्रमण मुक्त


काठमाडौं । बूढानीलकण्ठ नगरपालिका भित्रका १५५ जना कोरोना भाईरस मुक्त भएका छन् । बैशाख २३ गते सम्मको विवरण अनुसार ७० महिला र ८५ पुरुष गरी एक सय ५५ जना कोरोना संमणमुक्त भएका हुन् ।

बूढानीलकण्ठ नगरपालिकाका कुल ४८७ संक्रमित मध्ये १५५ जनाले कोरोनालाई जितेका छन् । जसमा हाल ३११ जना सक्रिय संक्रमित रहेका छन भने १ जनाको मृत्यु भएको जनाईएको छ ।

बूढानीलकण्ठ-३ घुम्तीमा रहेको स्वास्थ्य चौकी र वडा नं ११ मा रहेको कपन स्वास्थ्य चौकीमा हरेक हप्ताको दुई दिन (सोमबार र बिहिवार) बिहान ११ बजे बाट २ बजे सम्म निःशुल्क रुपमा स्वास्थ्य परिक्षण गरिने नगरपालिकाले जनाएको छ ।