Logo

बागमती पेज

बैशाख २८, २०७८ मंगलबार

काठमाडौं महानगरमा सांसद कार्कीद्वारा स्वास्थ्य सामग्री वितण


काठमाडौं । बागमती प्रदेश सभा सदस्य कुसुम कुमार कार्की सहितको टोलीले काठमाडौं महानगरपालिका वडा नं ३० मा मास्क लगायतका स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ ।

काठमाडौं क्षेत्र नं ४ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित प्रदेश सभा सदस्य कार्की, राधा दाहाल सहित वडा नं ३० का नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा मास्क, साबुन लागयतका सामाग्रीहरु वितरण गरिएको जनाईएको छ ।

कोरोना प्रकोप नियन्त्रण तथा रोकथामको पहल स्वरूप सो वडाका स्थानीयहरुलाई सचेतना सहित विभिन्न स्वास्थ्य सामग्रीहरु वितरण गरिएको थियो ।