Logo

बागमती पेज

बैशाख ३०, २०७८ बिहीबार

नेपाल खेलकुद महासंघद्वारा कपन प्रहरी प्रभागलाई स्वास्थ्य सामाग्री


काठमाडौं । नेपाल खेलकुद महासंघको कोभिड -नो भिड अभियान अन्तर्गत कपन प्रहरी प्रभागलाई विभिन्न स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको छ ।

नेपाल खेलकुद महासंघले कोरोना प्रकोप नियन्त्रण तथा रोकथामको अभियानमा सहयोगका लागि शुरु गरेको अभियान अन्तगर्त कपन प्रहरी प्रभागलाई मास्क र स्यानीटाईजर लगायतका स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

सो अवसरमा नेपाल खेलकुद महासंघका तर्फ बाट राम कुमार सुवेदी (आर के) र धुर्व प्रसाद कंडेलले उक्त सामाग्री कपन प्रहरी प्रभागका प्रहरी नायव निरीक्षक अर्जुन गिरीलाई हस्तान्तरण गरेका थिए ।

नेपाल खेलकुद महासंघका केन्द्रिय बरिस्ठ उपाध्यक्ष तथा अभियानका संयोजक पर्शुराम बस्नेतको निर्देशनमा उक्त सामाग्री वितरण गरिएको जानकारी दिँदै राम कुमार सुवेदीले अन्य स्थानमामा पनि स्वास्थ्य सामाग्री सहयोग अभियानलाई निरन्तर संचालन गर्ने बताए ।