Logo

बागमती पेज

जेष्ठ १, २०७८ शनिबार

सत्ता शक्ति, भजन किर्तन, जुवाडेको आश जस्तै !


बाँच्न भन्दा मर्न पिडा,
तेरो शासन चाहिदैन मलाई !
जला चाहे गाड सरकार,
लिन आँउछु म तँलाई !!

अघिपछि भक्तिगान,
तेरो शक्ति भएसम्म !
हिसाब किताब खुल्लै राख्छु,
लाशहरुको मोलमोलाई !!
बाँच्न भन्दा मर्न पिडा,
तेरो शासन चाहिदैन मलाई ।।
जला चाहे गाड सरकार,
लिन आउछु म तँलाई ।।

शितलनिवास, सिंहदारबार,
रजगज कहिले सम्म ?
उत्तरदक्षिण ज्यू हजुर,
पाउपर्ने दिन सम्म ।।
क्षमा छिटै मागी हाले,
हुनसक्छ तेरो भलाई !
जला चाहे गाड सरकार
लिन आँउछु म तँलाई !!

क्षणभरमै उडिजाने,
तासको त्यो घर जस्तै !
सत्ताशक्ति भजनकिर्तन,
जुवाडको आश जस्तै !!
मुर्छापदा छाड्नेछैन,
बोकिहिड्छु बारुद सलाई ,
जला चाहे गाड सरकार !
लिन आँउछु म तँलाई !!