Logo

बागमती पेज

जेष्ठ ८, २०७८ शनिबार

नेपाली काँग्रेस क्षेत्र नं ४ द्धारा अ‍ैंचो पैंचो कार्यक्रमको शुरुवात


काठमाडौं । ‘नेपाली काँग्रेस क्षेत्र नं ४ द्धारा अ‍ैंचो पैंचो कार्यक्रम’को शुरुवात गरिएको छ । कोभिड-१९ बाट संक्रमित तथा कोभिडका कारण प्रभावित भएका नागरीकहरुका लागि महत्वपूर्ण सहयोग प्रदान गर्ने गरी कार्यक्रमहरु सञ्चालन भईरहेका छन् ।

क्षेत्रीय सभापति राजु श्रेष्ठको संयोजनमा सञ्चालन भईरहेको कार्यक्रममा पूर्व स्वास्थ मन्त्री गगन कुमार थापा, सांसद दिव्यमणी राजभण्डारी लगायत प्रादेशिक सांसदहरुको संयुक्त प्रयासमा आइसोलन सेवा, क्वारेन्टाईन तथा निःशुल्क औषधउपचार लगायतका सेवाहरु प्रदान गरिएको छ ।

सभापति राजु श्रेष्ठका अनुसार विभिन्न उपसमितिहरु गठन गरेर शुरुवात गरिएको कार्यक्रममा यस क्षेत्रका करिब २०० भन्दा बढि अगुवाहरु सक्रिय पूर्वक अभियानमा जोडिएका छन् ।