Logo

बागमती पेज

जेष्ठ १९, २०७८ बुधबार

लायन्स क्लब टि कपनका अध्यक्ष दियालीले आफ्नो जन्मदिनमा गरे सहयोग…


काठमाडौं । लायन्स क्लब अफ काठमाडौं टि कपनका अध्यक्ष सुरेन्द्र दियालीले आफ्नो जन्मदिन असहाय दीनदुःखीहरु संग मनाएका छन् ।
बूढानीलकण्ठ नगरपालिका -७ गोल्फुटारस्थित रिमा सेवा समाजमा रहेका ४० जना बेसाहरा जेष्ठ नागरिक र बालबालिकाहरुलाई एक महिनाको लागि खाद्यान्न प्रदान गरेर अध्यक्ष दियालीले आफ्नो ३४औं जन्मदिन मनाएका हुन् ।

टि कपनका संस्थापक अध्यक्ष, डिष्ट्रिकट पिआरओ एवं एचटिभी खबरका प्रधान सम्पादक सबिन पन्त ‘पृथक’ को अनुरोधमा अध्यक्ष दियालीले चामल १२५ केजी, दाल २५ केजी, चिउरा २५ केजी , तेल १० लिटर र चाउचाउ १ कार्टुन रहेको थियो ।

विगतमा समेत उनले लायन्स क्लबबाट महिलाहरुको उत्थान र विकासका लागि कर्मशिल महिला अभियान नेपाललाई करिब २० हजार भन्दा बढीको फर्निचरलगायतका सामाग्री, आफुले अध्ययन गरेको धरानस्थित विद्यालय सरस्वती आधारभूत विद्यालयलाई करिब १ लाख बराबरको खेलकुदका सामाग्री प्रदान गरिसकेका छन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष दियालीले रिमा सेवा समाजमा आश्रय लिएर बसेका दीनदुःखीहरुको निम्ति खाद्यान्न प्रदान गरेर आफ्नो जन्मदिन मनाउने अवसर जुटाईदिएकोमा क्लबका संस्थापक अध्यक्ष सबिन पन्त प्रति आभार व्यक्त गरेका थिए । अहिलेको विषम परिस्थितिमा आफ्नो ज्यान पाल्न मान्छेलाई मुस्किल परिरहेको अवस्थामा पनि रिमा सेवा घरमा यति धेरै आमाबुबा लगायत बालबालिकाको पूर्ण रूपमा पालन पोषण गर्नु अत्यन्तै महान कार्य रहेको बताउँदै उनले सेवा घरकी संचालिका रिमा सापकोटालाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा आफ्नो विचार राख्दै लायन्स क्लब टि कपनकी पूर्व अध्यक्ष तथा डिष्ट्रिकट चेयरपर्सन संगीता पन्तले आफ्नो जन्मदिन घरपरिवार संग बसेर मनाउन भन्दापनि यसरी दीनदुःखीहरुको साथमा मनाउन चाहेकोमा अध्यक्ष सुरेन्द्र दियालीको प्रशंसा गर्दै धन्यवाद दिएकी थिइन् ।

सेवा घरकी संचालिका रिमा सापकोटाले आफुले के कसरी यो सेवा घरको स्थापना गरेको कुरा बुझाउँदै आफुलाई कुनै पनि दातृ संस्थाको सहयोग नभएको तर मनकारी व्यक्तिहरुको साथ र सहयोगबाट नै सबै आश्रीतको उद्धार गर्न सकेको बताइन् ।