काठमाडौं । नेपाल खेलकुद महासंघले बुढानिलकण्ठका संचारकर्मीहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ।
नेपाल खेलकुद महासंघको ‘कोभिड -नो भिड अभियान’ अन्तर्गत बुढानिलकण्ठ नगरपालिकामा स्थापना भएका करिव एक दर्जन संचार माध्यका प्रतिनिधिहरुलाई मास्क, फेसशिल्ड र स्यानीटाईजर प्रदान गरिएको थियो।
नेपाल खेलकुद महासंघका सचिवालय सदस्य तथा बुढानिलकण्ठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराई, महासंघका केन्द्रीय सदस्य राम कुमार सुवेदी (आर के), महासंघका धुर्व कंडेल लगायतको उपस्थितिमा उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
महासंघको सहयोगले अग्रमोर्चामा सक्रिय रहेका संचारकर्मीहरुको मेहेनतलाई सम्मानका लागि सहयोग गरेको बताउदै प्रवक्ता भट्टराईले नगरपालिकाले संचारकर्मीहरुलाई खोपको व्यवस्था गर्न पहल गर्ने धारणा राखेका थिए।
महासंघका केन्द्रीय बरिस्ठ उपाध्यक्ष तथा अभियानका संयोजक परशुराम बस्नेतको निर्देशनमा संचारकर्मीहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको जानकारी दिदै महासंघका केन्द्रीय सदस्य राम कुमार सुवेदीले आजै ट्राफिक प्रहरी प्रभाग एयरपोर्टलाई पनि सहयोग गरिएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्