Logo

बागमती पेज

असार ३, २०७८ बिहीबार

बाढी पहिरोबाट समस्यामा परेका लागि बागमती प्रदेश विपद् व्यवस्थापन तथा उद्धार निर्देशन समितिले माग्यो १० करोड


dormani_poudel

केही दिनदेखि निरन्तर परेको बर्षाका कारण बाढी पहिरोबाट प्रभावित परिवारको उद्धार, उपचार राहतका लागि बागमती प्रदेश विपद् व्यवस्थापन तथा उद्धार निर्देशन समितिले प्रदेशका १३ वटै जिल्लामा प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयसँग १० करोड रुपैयाँ माग गरेको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बुधबार बसेको समितिको बैठकले विपद् कोषमा रकम अभाव भएकाले आर्थिक मामिला मन्त्रालयलाई उक्त रकम यथाशीघ्र उपलब्ध गराउन आग्रह गरेको हो ।

बैठकले सिन्धुपाल्चोकमा बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारकातर्फबाट पीडित परिवारलाई तत्काल राहत सामग्रीका लागि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकलाई रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

त्यस्तै बाढी पहिरोका जोखिम रहेका जिल्लाहरुमा सतर्क रहन र विपद् आइपरे तत्काल उद्धार कार्यलाई सहजीकरण गर्न विपद् व्यवस्थापनको सामग्री जिल्ला प्रहरी कार्यालयहरुलाई यथाशीघ्र उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ ।