Logo

बागमती पेज

असार १२, २०७८ शनिबार

जोन एकेडेमीले मेलम्चीका बाढी पीडित बालबालिकालाई निःशुल्क शिक्षा दिने


काठमाडौँ । काठमाडौँको नयाँबस्तीमा रहेको जोन एकेडेमीले मेलम्ची बाढी प्रभावितलाई निःशुल्क शिक्षा दिने भएको छ । एकेडेमीले मङ्गलवार राती अविरल वर्षापछि आएको बाढीबाट प्रभावित बालबालिकालाई निःशुल्क शिक्षा दिने भएको हो ।

काठमाडौँ महानगरपालिका वडा नम्बर ६ बौद्ध, नयाँबस्तीमा रहेको जोन एकेडेमीले सिन्धुपाल्चोकको प्राकृतिक विपत्तिमा परि ठुलो क्षति व्यहोरिरहेका परिवारका २५ जना बालबालिकाहरूलाई निःशुल्क शिक्षा दिने स्कूलका प्रिन्सिपल भोजकुमार धमलाले बताए ।

सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा मंगलबारदेखि आएको भारी वर्षा र बाढीका कारण ठुलो धनजनको क्षति भएको थियो । बाढी पीडित परिवारको पीडामा मल्हम लगाउन उक्त घोषणा गरिएको प्रिन्सिपल धमलाको भनाई छ ।

जोन एकेडेमीमा नर्सरीदेखि कक्षा १० सम्म पढाइ हुन्छ । बौद्धिक व्यक्तित्वहरूको समूहद्वारा सञ्चालित यस विद्यालय निजी क्षेत्रको अग्रणी शैक्षिक संस्थाको रूपमा चिनिन्छ ।